Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रोजगार मूलक शिक्षा आजको आवश्यकता – मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उत्पादन मूलक र रोजगार मूलक शिक्षा आजको आवश्यकता रहेको बताउनु भएको छ ।


    ADVERTISEMENT

    images

    बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ३ मा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घघाटन गर्दै मुख्यमन्त्री चौधरीले अहिले उठ्ने गरेको हाम्रो शिक्षा माथिको अनुत्पादक प्रश्नलाई मेटाउन आजको आवश्यकता अनुसारको उत्पादन र रोजगार मूलक शिक्षा आवश्यक रहेको बताउनु भएको हो ।

    Messenger_creation_7c7fd091-8305-488e-a9b1-2608f7129d20.jpeg

    मुख्यमन्त्री चौधरीले समाजको भविष्य कस्तो हुन्छ भन्ने कुरा आज दिइरहेको शिक्षाले निर्धारण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “शिक्षा बिनाको समाज कल्पना पनि गर्न सकिँदैन, समाज रूपान्तरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ ।”

    मुख्यमन्त्री चौधरीले हाम्रो मुलुकको शिक्षा र शिक्षकको विषयमा कुरा गर्दा शिक्षा क्षेत्रमा राजनीति भएको, शिक्षक राजनीतिमा बढी केन्द्रीत भएको र शिक्षा अनुत्पादक भएको टिप्पणी हुने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिक्षा, शिक्षक माथि उठ्ने गरेका टिप्पणी र प्रश्न अब हामी सबैका साझा भइसक्यो । यसलाई निराकरणका लागि तीनै तहका सरकार योजनाबद्ध तरिकाबाट अगाडी बढ्नु पर्छ ।’

    शिक्षाले कुुशल वैज्ञानिक, कुशल प्रशासक, कुशल राजनीतिज्ञ, कुशल कृषक र कुशल शिक्षक जन्माउने हुँदा शिक्षामा शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री चौधरीको भनाई छ ।

    शिक्षालाई आवश्यकता अनुसार व्यवसायीकरण गरेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

    0321a280-a454-435b-a019-88160bc7cd6d.jpeg

    चुरे मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीकृष्ण थारुको अध्यक्षतामा सम्पन्न स्वर्ण महोत्सवमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, लुम्बिनी प्रदेशका सांसदद्वय कृष्णा कुश्मा थारु आस्था, जन्यजय तिमिल्सैना, ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्साल लगायतले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।

    विद्यालयको स्वर्ण उत्सवको अबसरमा विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण महोत्सव स्तम्भको उद्घाटन गरिएको थियो भने विद्यालय स्थापनाकाल देखिका संस्थापक सदस्य तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

    वार्षिकोत्सवको अवसरमा विद्यालयल प्रकाशन गरेको ‘चुरे स्वर्णोत्सव स्मारिका २०८०’ समेत विमोचन गरिएको छ । स्मारिकामा विद्यालय स्थापनाको कालखण्डदेखि वर्तमानसम्मका कुराहरू, विद्यालयका शिक्षकहरूको स्मरण, विद्यालयका विषयसँग सम्बन्धित लेख रचनाहरू समावेश गरिएको छ ।

    913b88cb-faa0-4911-ac25-879641d2aa6c.jpeg

    समारोहको अवसरमा ‘रक्तदान, जीवनदान’ नारासहित दशौँ बृहत रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका, सैनवारको आयोजनामा नेपाल स्वयम्सेवी रक्तदाता समाज, ठाकुरबाबा नगर समिति एवम् जिल्ला शाखा बर्दियाको समन्वय तथा नेपाल

    रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र नेपालगञ्ज, बाँकेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    सम्पन्न बृहत रक्तदान कार्यक्रममा १०४ जना पुरुष र ३१ जना महिला गरी १३५ जनाले रक्तदान गरेका छन् ।

    0c79d66d-965c-4c01-9d6f-7d8fcdd59a6f.jpeg

    ५०औँ वार्षिकोत्सव अवसरमा मंसिर २९ गतेदेखि सुरु भएको स्वर्ण महोत्सवका कार्यक्रम मंगलबार विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो । बर्दिया जिल्लाको तेश्रो पुरानो अग्रणी शिक्षण संस्थाको रुपमा रहेको यस विद्यालयको स्थापना २०३० पौष ३ गते भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij