बर्दिया । बर्दियाको मधुवन नगरपालिका वडा नं. ७ प्रगति बजारमा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेड सफलतातिर लम्किदैछ।
स्थापना भएको २५ औं बर्ष रजत जयन्ती समेत मनाईएको छ ।
ताराताल साना किसान सहकारी संस्थामा ३ हजार ३ सय ५२ जना शेयर सदस्य रहेका छ्न । १ हजार ६ सय ९१ जना ॠणि छ्न भने ५ करोड ३१ लाख २६ हजार शेयर, ६ करोड ४० लाख २० हजार साधारण जगेडा कोष, ६० लाख ९६ हजार अन्य जगेडा कोष, ३४ करोड २६ लाख २ हजार निक्षेप, ७८ करोड ९३ हजार लरर, ३४ करोड ६३ लाख ५८ हजार वाह्य कर्जा र ९७ प्रतिशत असुलीदर कायम भई २ करोड २१ लाख ६७ हजार नाफा आर्जन गरेको छ। ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले रजत जयन्तीसँगै २६ औं साधारण सभा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता एवं प्रदेश सभा सदस्य जन्मजय तिमिल्सिनाले कृषिलाई आधुनिकीकरण, व्यवसायिक र बैज्ञानिकीकरण गरि उत्पादन बढाउनका लागि कृषि सहकारी संस्थाले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनु भएको छ । ताराताल साना किसान कृषि सहकारी संस्थाले स्थापनाकाल देखि नै सस्थाको उद्धेश्य पुरा गर्न ऋण तथा बचत, कृषि तथा पशुपालन संगै वित्तिय क्षेत्रमा आफ्नो बलियो उपस्थिती जनाएकोमा शुभकामना दिनु भएको छ । सहकारी संस्थाले पूँजी र सिपको प्रयोग गरि आर्थिक विकासलाई दिगो र प्रभावकारी बनाउन खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नु भयो ।
![u]jf ufpF kflnsfsf] ;]jf sf ;DalGw ; (2).jpg](https://www.geruwakarnalipost.com/media-file/images/2023/12/1702956990-BwPbb.jpg)
यसैगरि कार्यक्रमका विशेष अतिथी मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले ताराताल साना किसान कृषि सहकारीले कृषकहरुलाई संगठित गरि साना कृषकहरुको समूहहरु मार्फत कृषि क्षेत्रलाई व्यवसायिककरण गर्दै उत्पादन, प्रशोधन तथा कृषकहरुको आय आर्जन बढाउन भुमिका खेलेको बताउनु भयो । सदस्यहरुलाई समयानुकुल ग्रामिण समुदायको आर्थिक तथा सामाजिक विकासका लागि ताराताल साना किसानलाई यहासम्म ल्याइ पु¥याउने संचालक समिति, कर्मचारी वर्ग शेयर सदस्यहरुको योगदानको खुलेर प्रशंसा गर्नुभएको छ ।
रजत जयन्ती समारोहमा मधुवन नगरपालिकाका निवर्तमान नगर प्रमुख एवं संस्थाका सल्लाहकार गणेश वहादुर क्षेत्रीले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबै वर्गका मानिसहरुका विच आर्थिक कारोबारका माध्यमबाट आपसी सद्भाव कायम गर्न संस्थाले उल्लेखनीय भुमिका खेलेको बताउनु भएको छ ।
कार्यक्रममा ताराताल साना किसान कृषि सहकारी संस्थाका सस्थापक अध्यक्ष कुल प्रसाद पोखरेलले सहकारीले छरिएर रहेको पुँजीलाई एकत्रित गरि पेशा, व्यवसाय र उद्योगधन्दा संचालनका लागि संस्था अग्रसर रहेको बताउनु भयो । संस्थाले सहकारी, निजी र सार्वजनिक क्षेत्रलाई एकत्रित गरि सहकारी ३ खम्वे राष्ट्रिय अर्थनितिको एउटा बलियो खम्बा रहेकाले सहकारी संस्थाहरुको दिगो विकासका लागि सबैको अहम भुमिका रहेको बताउनु भएको छ ।
रजत जयन्ती तथा २६ औं बार्षिक साधारण सभामा संस्थालाई उचाईमा पु¥याउन विविध रुपमा सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड गुलरियका अध्यक्ष हरि बहादुर अधिकारी, ताराताल साना किसान कृषि सहकारी संस्थाका सल्लाहकार गोपाल प्रसाद पौडेल लगाएतका महानुभावहरुले संस्थाले गरेको प्रगती प्रति शुभकामना मन्तव्य दिनु भएको थियो ।
यस ताराताल साना किसान सहकारी संस्थाले संस्थाको कार्यक्षेत्रभित्र बसोबास गर्ने निम्न आर्थिक स्तर भएका कृषकहरुको आर्थिक स्तर वृद्धि गर्न आधुनिक कृषि ब्यवसायलाई जोड दिने, कृषकहरुलाई सरल, सुलभ र प्रभावकारी ढंगले कृषि गैर कृषि कर्जा प्रवाह गर्ने उदेश्य लिएको छ।