वाटरएड नेपालको अर्थिक सहयोगमा नेपाल प्रजनन् स्याहार केन्द्र (एनएफसीसी) तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल (एनएफडी–एन) को प्राविधिक सहयोगमा बेस संस्थाद्वारा बर्दिया जिल्लामा सञ्चालित WASH for Gender and Adolescent Inclusive School in Nepal (WASH GAINS) परियोजना अन्तर्गत बिद्यालयमा खानेपानी, सरसफाई तथा स्वच्छता प्रणाली आधारभुत घटक (तत्व) तथा अवरोध बिश्लेषण कार्यशाला गोष्ठी गेरुवा गाउँपालिकामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गाँऊपालिका अध्यक्ष जमान सिंह के. सि.ले अब गाँऊपालिकाले सबै बिद्यालयमा नयाँ बन्ने संरचनाहरु पहुँचयुक्त अपाङ्गमैत्री, बाल तथा किशोरी मैत्री निर्माण गरिने र पालिकाको एक कार्यविधी तयार गरेर बिद्यालयलाई खानेपानी सरसफाई तथा स्वच्छतामा काम गर्ने कुरा उल्लेख गर्नु भयो ।

उहाँले हाल १२ कक्षा सम्म निःशुल्क शिक्षा लागु भैसकेको र शिक्षालाई प्राथमिकतामा राखेर पालिकाले कार्य गरिरहेको छ । एकै पटक सबै विद्यालयको संरचनाहरु पहुँचयुक्त नभए पनि पालिकाले विद्यालय खानेपानी तथा सरसफाई तथा स्वच्छता कार्यविधी निर्माण गर्ने र यसले दिर्घकालिन योजना बनाउन सहयोग गर्ने र विस्तारै सबै संरचनाहरुमा सुधार हुदै जाने जानकारी गराउनु भयो ।
कार्यक्रममा जानकी माध्यमिक विद्यालय जनकनगरका प्रधानाध्यापक डिल बहादुर जि.सि.ले कार्यान्वयनका अवसरहरु रहेको ले विद्यालय सुधार योजनामामै समेटेर यसलाई ध्ब्क्ज् न्ब्क्ष्ल्क् (वास गेन्स) परियोजनाले नसमेतेका विद्यालयहरुमा समेत पालिका बाट कार्यक्रम संचालन गर्नुपर्ने र विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता प्राथमिकताका साथ लागु गरिने बताउनु भयो ।

कार्यशालाको उद्देश्यहरु माथि प्रकाश पार्दै आधार रेखा सर्वेक्षण, विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता (वास) सुविधाको सुरक्षा तथा पहुँचयुक्त परिक्षण, विद्यालयको स्वमूल्यांकन र जोखिम तथा क्षमता विश्लेषण बाट प्राप्त बाधा अड्चनहरु बारे वाटरएड नेपाल वास गेन्स परियोजनाका प्रोजेक्ट म्यानेजर उमाशंकर यादवले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयमा हुने खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी समस्याहरुलाई ५ वटा आधार स्तम्भहरु क्रमशः नीति, रणनीति तथा योजना र सरकारी नेतृत्व, संस्थागत व्यवस्था, क्षमता र समन्वय, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, व्यवहार परिवर्तन र प्रकोप उत्थानशील पूर्वाधार, तथा अनुगमन, जवाफदेहिता र नियमन का विषयमा समुह विभाजन गरेर वर्तमान अवस्था, बाधा र अवरोध, अवसर र कार्यदिशा तथा योजनाहरुमा रहेर छलफल गरिएको थियो ।

समुहबाट आएका अवस्थालाई विश्लेषण गरी समुह नेताहरुले प्रस्तुत गरेका थिए । जसबाट गाँउपालिका स्तरीय विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधी नरहेको र विद्यालयलाई ३ तारा घोषणाका लागि नीति तथा कार्यक्रम समावेश गरिए तापनि स्पष्ट कार्ययोजनाको अभाव रहेको, विद्यालयमा पहुँचयुक्त खानेपानी सरसफाइ तथा स्वच्छता सुविधाको अभाव रहेको देखियो ।
कार्यक्रममा सहभागी शाखा प्रमुखहरुले पालिकाले गर्नु पर्ने कार्यमा संस्थाले सहयोग गरिरहेको र यसलाई समुहमा आएका आगामी कदमहरुलाई योजना समेत बनाएर लाने बताउनु भयो । अवको हरेक बैठकहरुमा विद्यालय खानेपानी तथा सरसफाईका विषयहरुले प्राथमिकता पाउनुपर्ने र कार्यशालामा निर्माण गरिएका योजनाहरु कार्यान्वयनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

विद्यालयमा सरसफाईका संरचनाहरुको मर्मत संभारका लागि सिमित बजेट भएकोले अप्रयाप्त हुने र दिर्घकालिन कार्यक्रमका लागि कार्यविधीको आवश्यक्ताका बारेमा छलफल गरिएको थियो ।
वास गेन्स परियोजना बर्दिया जिल्लाको ठकुरबाबा, बारबर्दिया, मधुवन र गुलारिया नगरपालिका र गेरुवा गाउँपालिकाका ३३ वटा विद्यालयमा संचालनमा रहेको र गेरुवा गाऊँपालिकाको ४ वटा माध्यमिक र २ वटा आधारभुत सामुदायिक विद्यालयमा संचालनमा रहेको छ ।

परियोजनाले ११ वर्षदेखि २० बर्ष उमेर समुहका १३ हजार ५०० जना किशोरकिशोरीहरुलाई लक्षित गरि सन् २०२३ अप्रिलदेखि २०२६ मार्चसम्म परियोजना संचालनमा रहने कार्यक्रम संचालक बेस संस्थाका कार्यक्रम संयोजक जगदिश प्रसाद चौधरीले बताउनु भयो ।
कार्यक्रम बेस संस्थाका गेरुवा गाँऊपालिका अध्यक्ष पुनाराम चौधरीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा वाटरएड नेपाल र बेस संस्थाका प्रतिनिधीहरुले सहजीकरणमा सहयोग गर्नु भएको थियो ।

कार्यशालामा परियोजना संचालन भएका वडाका वडा अध्यक्ष, गाउँपालिकाका शाखा प्रमुखहरु, प्रधानाध्यापक, संघसंस्थाका प्रतिनिधी, पत्रकारहरुको समेत उपस्थिती रहेको बेस संस्थाका तालिम तथा वकालत अधिकृत दुर्गा बहादुर चौधरीले बताउनु भयो ।