बर्षा साना किसान कृषि सहकारी संस्था लि. को ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गेरुवा गाउँपालिका वडा नं. ५ पशुपतिनगरमा रहेको संस्थाको आर्थिक वर्ष २०७९/०८०को लेखा परिक्षण प्रतिवेदन अनुमोदन र आर्थिक वर्ष २०८०/०८१को लागि वार्षिक बजेट, निती तथा कार्यक्रम स्वीकृत गर्दै साधारण सभा सम्पन्न भएको हो ।

संस्थाको साधारण सभाले आर्थिक वर्ष २०८०/०८१का लागि संस्थाका शेयर सदस्यहरुलाई अन्यत्रका सफल सहकारी संस्थाहरुले गरेका कार्यक्रमको जानकारी लिन प्रत्यक वर्ष ४० जना शेयर सदस्यहरुलाई अन्तर संस्था भ्रमण कार्यक्रम, संस्था र शेयर सदस्यहरुको सम्बन्ध सुमधुर वनाउन तथा संस्थाको निती नियमका वारेमा शेयर सदस्यहरुलाई जानकारी दिन अन्तर समुह स्तरिय गोष्ठि, शेयर सदस्यहरुका परिवारलाई स्थानीय सरकार र साना किसान लघु वित्तीय संस्था लि. यलाका कार्यालय नेपालगञ्ज सँगको लागत साझेदारीमा सिप विकास सम्वन्धि लालिम संञ्चालन गर्ने कार्यक्रम अघि सारेको छ ।

त्यस्तै यसवर्ष वाट शेयर सदस्यहरुलाई तरकारी खेती कर्जा, ग्रामिण स्वभलम्वनकर्जा, पुनरउत्थान कर्जा र ग्रामिण उद्यम कर्जा सहुलियत व्याजदरमा उपलव्ध गराउने भएको छ । भने आकस्मिक रपमा आर्यपर्ने घटनाहरुमा सञ्चालक सदस्यको सिफारिसमा तत्कालै घटनाको प्रकृती हेरी वढीमारु ८० हजार सम्म कर्जा प्रदान गर्ने भएको छ ।
त्यसैगरी संस्थाका शेयर सदस्यहरुका ५ वर्ष भित्रका छोरा छोरीको नाममा अनिवार्य बाल वचत खाता सञ्चालन गर्ने, शेयर सदस्यहरुले अनिवार्य रुपमा ब्यक्तिगत वचत खाता रसदस्य राहत वचत खाता सञ्चालन गर्नु पर्ने निती अगाडी सारेको छ ।

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा समुह संख्या १९४ बाट २०० र सदस्य संख्या १०५१ बाट १०८१ पु¥याउने लक्ष्य राखेको छ ।
यस अघि एक कार्यक्रमकम विच गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले सहकारीको ७ सिद्धान्तको प्रतिक ७ वटा मैन बत्ती बालेर साधारण सभाको उद्धाटन गर्नु भएको थियो । उद्धाटन सत्रमा संस्थाकी संचालक समिति अध्यक्ष गण्डकी देवी पाण्डेले संस्थाको बार्षिक प्रतिवेदन र प्रवन्धक लक्ष्मी आचार्यले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्ष धर्म प्रकाश थारु, साना किसान जिल्ला संघ अध्यक्ष हरी अधिकारी, जिल्ला सहकारी संघका लेखा सदस्य राजु बडुवाल खत्री लगायतले साधरण सभा सफलताको शुभकामना दिनु भएको थियो । भने कार्यक्रममा सवगत संस्था की उपाध्यक्ष श्यामपति चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा शेयर सदस्यहरुवाट उत्कृष्ठ बाख्रा पालन तर्फ कल्पना चौलागाँई, उत्कृष्ठ भैसी पालन तर्फ पुर्णिमा कुमारी चौधरी र सरस्वती भट्टराई पौडेल, केरा खेती तर्फ कृष्णा खत्री र शंखरी थारु लाई पुरस्कृत गरिएको थियो भने संस्थाका जेष्ठ सदस्यहरु खिदनी थरुनी, जुनादेवी सेजुवाल र दुधा मल्ललाइृ दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
