स्रोत नखुलेको २९ तोलाभन्दा बढी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बाँके नेपालगन्ज उपमहानगरपालिका–१९ राझाका २९ वर्षीय मोहन विक र कार चालक बाँके राप्ती सोनारी गाउँपालिका–२ स्थायी घर भई डुडुवा गाउँपालिका–५ जब्दहवाका ३८ वर्षीय देवेन्द्रबहादुर घर्ती रहेको प्रहरीले जनाएकाे छ ।
उनीहरुलाई सुनका गरगहना र प्रदेश ३–०१–०२३–८१६८ नम्बरको हुण्डाई कारसहित पक्राउ गरिएको हाे । र पक्राउ गरिएका दुई जनासहित सुन र प्रयोग गरिएको सवारी साधन आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

ईलाका प्रहरी कार्यालय बगनाहा, मोतीपुर र कतरनियाको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्गमा पर्ने कतर्निया चेक प्वाइन्टमा चेक जाँच गर्दा गरगहना बरामद गरिएको बर्दिया प्रहरीले जनाएकाे छ । प्रहरीले आवश्यक अनुसन्धान जारी राखेकाे वताएकाे छ ।