Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जब्दीघाट पुल निर्माण गर्न राधाकृष्ण थारु जनसेवा केन्द्रले अगुवाई गर्ने

  • बर्दिया टुडे
  • 928
    SHARES
  •  

    गुलरिया, बर्दियाको सदरमुकाम गुलरियालाई राष्ट्रिय राजमार्गसँग जोड्ने जब्दी घाटको पुल निर्माणका लागि राधाकृष्ण थारु जनसेवा केन्द्रले अगुवाई गर्ने संस्थाका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठले बताउनु भएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्रले ७५औं विश्व मानव अधिकार दिवस तथा स्वर्गीय राधाकृष्ण थारुको ३५ औं स्मृति दिवसका अवसर पारेर राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया, बर्दियाले आयोजना गरेको वार्षिक साधारण सभामा उहाँले सम्पुर्ण नागरिकहरुलाई होस्टेमा हैसे गर्न आव्हान समेत गर्नु भएको छ ।   


    ADVERTISEMENT

    images

    बर्दियाका संघीय सांसद संजयकुमार गौतमले पुल निर्माणका लागि अनसन बस्दा सरकारले नयाँ पुल निर्माण तत्काल शुरु गर्ने सम्झौता गरेपनि हाल सम्म कुनै काम शुरु हुन सकेको छैन । राजमार्ग जोड्ने छोटो दुरीको सडक खण्डमा पुल नबन्दा स्थानियले सास्ती ब्यहोर्नु परेको छ । 

    राधाकृष्ण थारु जनसेवा केन्द्र गैर सरकारी संस्था मात्र नभएर जनताको पिरमर्कामा आवाज उठाउने बर्दियाको अग्रणी संस्था रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनु भएको छ । मानवअधिकार दिवसले सबै मानव जन्मजात स्वतन्त्र छन्, सबैको प्रतिष्ठा र अधिकार समान भएको कुरा बिर्सन नहुने औल्याउनु भयो ।

    राधाकृष्ण थारुले आज भन्दा ८० बर्ष अगाडी बर्दियाका न्यून संख्यामा रहेका जमिन्दारहरुको हातमा बर्दियाको सम्पूर्ण जग्गा भएको समयमा गरिबहरुका पक्षमा आवाज बुलन्द गरेको स्मरणगर्दै सबैले समान किसिमले ज्यून पाउनु पर्ने तथा गरिबहरुको पनि भूमिमा स्वामित्व हुनु पर्नेभन्दै बर्दियाका जनतालाई संगठित गरी विद्रोहको विगुल फुकेको स्मरण सुनाउनु भयो ।

    राधाकृष्ण थारुको प्रयासमा २००४ तथा २००५ सालमा २५ हजार विगाहा जग्गा गरिब किसानका नाममा वितरण भएको हुनाले आज सम्म पनि उहाँको नाम अमर र अजर रहेको बताउँदै अध्यक्ष श्रेष्ठले राधाकृष्ण थारुले जनता प्रति देखाएको त्यागको प्रेरणाले प्रभावित भई संस्थाको नाम राधाकृष्ण थारु जनसेवा केन्द्र नामाकरण गरेको बताउनु भएको छ ।

    २०५३ साल भदौ २७ गते स्थापना भएको संस्थाले अनवरत रुपमा जनताको आवाज बुलन्द गरेको छ । कार्यक्रमका अतिथि बाँसगढी नगरपालिकाका प्रमुख खड्ग बहादुर खड्काले राधाकृष्ण थारु जनसेवा केन्द्रले मुक्त कमैया, सुकुम्वासी विपन्न तथा सीमान्तकृत समुदायलाई मानवअधिकारको सचेतना अभिवृद्धि गर्न खेलेको भूमिकाको खुलेर प्रशंसा गर्नु भएको छ । नगर प्रमुख खड्काले मानव अधिकार दिवसका अवसर हामी सबैलाई स्वतन्त्रताको संरक्षण गरि मौलिक हक अधिकारको पुर्वाधार खडा गर्न घोषणा पत्रले सहयोग गरेको औल्याउनु भएको छ । 

    कार्यक्रममा गुलरिया नगरपालिका उप प्रमुख सावित्रा गौतमले जाती, वर्ण, लिङ्ग, भाषा, धर्म तथा राजनैतिक तथा अन्य कुनै मर्यादाका आधारममा भेदभाव नगरि संविधानमा स्वतन्त्रताको अधिकार दिएको बताउनु भएको छ । मानव अधिकार विश्व व्यापि घोषणामा ३० वटा धारामा नेपालले आफ्नो प्रतिवद्धतामा हस्ताक्षर गरेको हुँदा संविधानमा नागरिकको मौलिक हक अधिकारको उल्लेख गरि सोही अनुरुप संविधानमा समेत उल्लेख भएको बताउँदै नागरिकको अधिकार प्रति सबै सचेत रहेको उहाँको भनाई छ । उहाँले राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाको बार्षिक साधारण सभा सफलताको शुभकामना पनि दिनु भएको छ ।

    जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सूर्यबहादुर विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन शत्र गरिएको छ । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गैर सहकारी संस्थाका प्रतिनिधि तथा राधाकृष्ण थारु जनसेवा केन्द्रका साधारण सदस्यहरुको उपस्थिती रहेको थियो । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij