Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सीमा स्तम्भ रङरोगन र मर्मत

  • बर्दिया टुडे
  • 769
    SHARES
  •  

    बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहामा नेपाल-भारत सीमा छुटाउने सीमा स्तम्भको रङरोगन सुरु गरिएको छ ।


    ADVERTISEMENT

    images

    नेपाल-भारत ८३ किमि बर्दियासँग जोडिएको २ सय ४५ सीमा स्तम्भमध्ये ३९ वटाको रंगरोगन र मर्मत नेपाली पक्षबाट गरिने भएको छ । नेपालले बिजोर र भारतले जोर नम्बरको स्तम्भको रङरोगन र मर्मत संभार गर्ने भएको छ । रङरोगन शुभारम्भ प्रमुख जिल्ला अधिकारी नारायण रिसाल र भारत नानपारा ५९ नम्बर बटालियनका कमान्डेन्ट शक्ति सिंहले स्तम्भ नम्बर ६६३./५१ को रङरोगन गरी संयुक्तरुपमा गरेका हुन् । दुई दशकयता नेपाल-भारत छुटाउने मुख्य ५ सहित सहायक र सानो गरी ७२ वटा स्तम्भ फेला नपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रजिअ रिसालले सन् २०१४ मा निर्माण भएका सीमा स्तम्भको मर्मत संभार र रङरोगन गर्न लागेको बताए । 'पुनर्निर्माण केही सीमा स्तम्भ रङरोगन पछि गरिने छ,' उनले भने, ‘मर्मत संभार र रङरोगनको जिम्मा सशस्त्र प्रहरीले गर्ने छ ।'

    भारतको चित्तलहवामा भारतीय पक्षले दशगजा मिचेर कालोपत्र निर्माण गरेको छ । ५९ नम्बर बटालियनका कमाण्डर सिंहले करिब दुई दशकअघि निर्माण भएको कुरा आफूलाई कुनै जानकारी नभएको बताए । (कान्तिपुरबाट साभार)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij