Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवामा परिवर्तनका संवाहक कक्षाका सहभागीहरुलाई स–सम्मान बिदाई

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाका परिवर्तनका संवाहक कक्षाका सहभागीहरुलाई परिवर्तनका सम्वाहकका रुपमा एक कार्यक्रमका विच स–सम्मान विदाइ गरिएको छ ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिकाको समन्वय तथा सहकार्य एवम प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह ( वी ग्रुप) को साझदारीमा सञ्चालित वालविवाह न्युनिकरण परियोजना अन्तरगत वडा नं. ५ मा विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुको सहभागितामा समुदायमा ८ वटा ‘परिवर्तनका सम्वाहक कक्षा’हरु सञ्चालनमा थिए ।

    6c4bce8a-f1bd-4bb3-9e70-102f773d918e.jpeg

    परियोजना अन्तरगत ‘परिवर्तनका सम्वाहक कक्षा ’ मा सहभागि १० बर्षदेखि २० वर्षसम्मका किशोरकिशोरीहरुलाई १८ महिना सम्म वाल विवाह न्युनिकरणका लागि विभिन्न कृयाकलाप लगायत यौन तथा प्रजनन स्वास्थ्य, अधिकार, निर्णय, अधिकार र लैगिंक समानता लगायत बिभिन्न सकारात्मक बिषयमा अतिरिक्त कक्षा संचालन गरिएको थियो । अतिरिक्त कक्षाका सबै सेसनहरु समाप्त भएपश्चात २ सय १२ जना किशोर किशोरीहरुलाइ परिवर्तनका संवाहकका रुपमा बिदाइ गरिएको हो ।

    8e426387-2c70-465d-b05a-0b8a7e2fb80a.jpeg

    कार्यक्रममा परिवर्तनका संवाहक किशोरकिशोरीहरुलाइ प्रमाण पत्र र उपहार हस्तान्तरण गरि सम्मान गरिएको थियो ।
    परिवर्तनका संवाहकहरुले समुदायमा अन्धविश्वास कुरीतीका विरुद्ध लाग्दै दौतरी शिक्षा मार्फत वाल विवाह रोकथाममा बिशेष रुपले अभियान संचालन गरि समुदायलाइ बालविवाह घोषणा अभियानमा सहयोग पु¥याउने आशा लिएको कुरा बि–ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले बताउनु भयो ।

    b1397582-7fa3-4d1a-a5a1-6d7a39ff737b.jpeg

    समाज परिवर्तमा किशोर किशोरीहरुको महत्वपुर्ण हात हुने बताउँदै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले १८ महिना सम्म सञ्चालन भएको अतिरिक्त क्रियाकलाप तथा सेसन बाट सिकेकाकुराहरु ब्यवहारमा उतार्न परिवर्तनका सम्वाहक कक्षाका सहभागिहरुलाई आग्रह गर्नु भयो । उहाँले समाजमा भएको अन्धविश्वास, कुरीती विरुद्ध थालिने अभियान तथा वाल विवाह न्युनिकरण र वढ्दो लागु औषध प्रयोगकाका विरुद्ध गरिने हरेक कार्यक्रममा वि– ग्रुप संग सहकार्य गर्न गेरुवा गाउँपालिका तयार रहेको वताउनु भयो ।

    304f5d99-045e-43b8-bbdf-02048426aec2.jpeg

    परिवर्तनका सम्वाहक कक्षाका सहभागिहरुलाई इकिंत गर्दै वडा नं ३ का वडाअध्यक्ष एवम सामाजिक विकास समितिका संयोजक निर्मल थारुले परिवर्तन आफैवाट सुरु गर्नुपर्ने वताउनु भयो ।

    वडा नं. ५ का अध्यक्ष धर्मप्रकाश थारुले वाल विवाह न्युनिकरण तथा लागु औषधको प्रयोगलाई निरुत्साहित पार्न सोकार वालाहरु सवै हातेमालो गरेर अगाडी वढ्नुपर्नेमा जोड दिनु भयो ।

    0c3a0b89-e272-4a89-b2e8-c793de391eae.jpeg

    कार्यक्रमा १८ महिने अतिरिक्त कक्षाले आफ्ना वालवालिकामा परिवर्तन आएको र उनिहरुका कारण आफुहरुको सोचमा पनि परिवर्तन आएको अविभावकहरुले वताएका छन् ।

    कार्यक्रममा गेरुवा गाउँपालिका नगरपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रमुख नारायण भण्डारी, महिला तथा बालवालिका शाखा प्रमुख रमा पुन, साथै स्थानिय बडघर लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

    d0a7a9b8-2a0f-401e-b1d6-99611be9aa6e.jpeg

    कार्यक्रम गेरुवा गाउँपालिकाको समन्वय तथा भेरी वातावरणिय बिशिष्टता समुह (वि –ग्रुप) र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरिएको थियो भने कार्यक्रम संचालन परिवर्तनको सम्वाहक किशोरी गरिमा चौधरीले गर्नुभएको थियो ।

    77a74538-e493-4f39-a219-8aa6beb44487.jpeg

    परिवर्तनका सम्वाहक कक्षा ब्यवस्थापन समितिका अध्यक्ष गुल्पी कुमारी चौधरीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमा आमन्त्रित तथा अतिथिहरुलाई स्वागत किशोरी आरजु चौधरीले गर्नु भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij