Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

किशोरी अधिकारका लागि किशोरी कचहरी

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा किशोरी कचहरी सम्पन्न भएको छ । पशुपति माध्यमिक विद्यालय पशुपतिनगरमा किशोरी अधिकारका लागि किशोरी कचहरी सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिकाको समन्वय तथा गुड नेवर ईन्टरनेशनल नेपाल र सोनाह विकास समाजको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न किशोरी कचहरीमा गेरुवा गाउँपालिका अन्तरगत ५ वटा माध्यमिकि विद्यालयका किशोरीहरुको सहभागिता थियो । गुड नेवर ईन्टरनेशनल र सोनाह विकास समाज द्वारा सञ्चालित एकिकृत सामुदायिक बिकास परियोजना अन्तर्गत माध्यमिक विद्यालयमा गठित किशोरी क्लव बाट प्रत्येक विद्यालय बाट १० जनाको प्रतिनिधित्व हुनेगरी गरी जम्मा ५० जना किशोरीहरु कचहरीमा सहभागी भएका थिए ।

    kachahari 4-min.jpg

    किशोरी अधिकार, बाल बिबाह अन्त्य र किशोरिहरुको सर्वाङ्गीक बिकासकालागि गेरुवा गाँउपालिकाको भुमिकाबारे स्थानिय सरकार सगं प्रत्यक्ष छलफल गर्नुका साथै किशोरीहरुले भोग्नु परेका समस्या समाधानका निम्ति निति निर्माणतहमा स्थानिय सरकारलाई सहजिकरण होस भन्ने कार्यक्रमको उदेश्यले कार्यक्रमको आयोजना गरिएको सोनाह विकास समाजका परियोजना संयोजक रत्न के. सी.ले बताउनु भयो ।

    kachahari 5-min.jpg

    सहभागि किशोरीहरुले विद्यालयमा बाल वालिका तथा किशोरीहरुले भोग्नुपरेको समस्याहरुको स्थानिय सरकारलाई जानकारी गराउँदै वालविवाह न्युनिकरणका लागि पालिकाले चालेका कदम तथा किशोरी हरुका विभिन्न समस्या तथा मुद्धाका वारेमा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी. र वडा नं. ५ का वडा अध्यक्ष धर्मप्रकास चौधरी संग प्रश्न तथा जिज्ञासा राखेका थिए । किशोरीहरुले बालविवाह विरुद्ध संवेदनशिल हुन स्थानीय तहसँग अनुरोध गरेका छन् । बालविवाह गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनीहरुले माग गरेका थिए । भने कचहरीमा सहभागी किशोरीहरुले उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षले दिनु भएको थियो ।

    kachahari 1-min.jpg

    कार्यक्रममा गुड नेवर ईन्टरनेशनल नेपालक वाल संरक्षण अधिकृत गिता चौधरीले समुदायमा रहेका बालवालिका तथा किशोरीहरुको समस्याका वारेमा उठान गर्नुभएको थियो ।

    kachahari 3-min.jpg

    कचहरी कार्यक्रमले बालवालिका तथा किशोर किशोरी का ला वालबालिका र किशोरीहरुको समस्या, जिज्ञासा तथा कुण्ठा बाहिर आउने तथा पालिकाले उनिहरुकोे लागि गरेको नितिगत ब्यवस्था र कार्यक्रमका वारेका उनिहरुलाई जानकारी हुने पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र चौधरी बताउनु हुन्छ ।

    यस्ता किसिमका कचहरी जस्ता छलफल तथा दोहोरो संवाद कार्यक्रमहरुले समस्याहरुको पहिचान भई त्यसको समाधानका लागि स्थ।नीय तहलाई निती निर्माण गर्न र कार्यक्रम वनाउन सहयोग गर्ने निश्चित छ । तसर्थ यस्ता कार्यक्रमहरु समुदाय स्तरमा अभियानकै रुपमा चलाउनु पर्ने आवश्यक देखिन्छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij