Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

परिवर्तनका संवाहक कक्षाका सहभागीहरुलाई स–सम्मान विदाई

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    हरि गुरुङ्ग : मधुवन बर्दिया जिल्लाको मधुवन नगरपालिकाका परिवर्तनका संवाहक कक्षाका सहभागीहरुलाई आज एक कार्यक्रमका विच स–सम्मान विदाइ गरिएको छ ।


    ADVERTISEMENT

    images

    मधुवन नगरपालिकाको समन्वय तथा सहकार्य एवम प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह ( वी ग्रुप) को साझदारीमा सञ्चालित वालविवाह न्युनिकरण परियोजना अन्तरगत विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुको सहभागितामा समुदायमा ८ वटा ‘परिवर्तनका सम्वाहक कक्षा’हरु सञ्चालनमा थिए । अतिरिक्त कक्षाहरु समाप्त भएपश्चात किशोरकिशोरीहरुलाइ परिवर्तनका संवाहकका रुपमा बिदाइ गरिएको हो ।

    परियोजना अन्तरगत ‘परिवर्तनका सम्वाहक कक्षा ’ मा सहभागि १० बर्षदेखि २० वर्षसम्मका किशोरकिशोरीहरुलाई १८ महिना सम्म वाल विवाह न्युनिकरणका लागि विभिन्न कृयाकलाप लगायत यौन तथा प्रजनन स्वास्थ्य, अधिकार, निर्णय, अधिकार र लैगिंक समानता लगायत बिभिन्न सकारात्मक बिषयमा अतिरिक्त कक्षा संचालन गरिएको थियो । कक्षा मा १ सय ६४ जना किंशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।

    कार्यक्रममा परिवर्तनका संवाहक किशोरकिशोरीहरुलाइ प्रमाण पत्र र उपहार हस्तान्तरण गरि सम्मान गरिएको थियो ।
    परिवर्तनका संवाहकहरुले समुदायमा दौतरी शिक्षा मार्फत वाल विवाह रोकथाममा बिशेष रुपले अभियान संचालन गरि समुदायलाइ बालविवाह घोषणा अभियानमा सहयोग पु¥याउने आशा लिएको कुरा बि–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले बताउनु भयो ।

    406740409_1328389564548360_1557323375491290060_n.jpg

    कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले किशोर किशोरीनै समाज तथा देश परिर्वनका सम्वाहक भएकाले अतिरिक्त कक्षाबाट आफुले सिकेका कुरा अरुलाई पनि सिकाउदै र आफुले सिकेका कुरा आफैमा लागू गर्न जरुरी भएको बताउनु भयो ।

    कार्यक्रममा मधुवन नगरपालिकाका उप–प्रमुख अनिता चौधरी, वडा अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रमुख गिता घिमिरे, शिक्षा तथा खेलकुद शाखाका नारायण प्रसाद खनाल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा प्राध्यापक चन्द्रबहादुर खत्री साथै स्थानिय बडघर लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रम मधुवन नगरपालिकाको समन्वय तथा भेरी वातावरणिय बिशिष्टता समुह (वि –ग्रुप) र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरिएको थियो भने कार्यक्रम संचालन परिवर्तनको सम्वाहक किशोरी अनुराधा चौधरीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij