गेरुवा गाउँपालिकामा सशक्त वालिका परियोजना सञ्चालन हुने भएकाे छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्रले मंगलवार गाउँपालिकामा आयोजना गरेको परियाेजना प्रारम्भिक परिचयात्मक बैठकमा सशक्त वालिका परियोजनाका बारेमा जानकारी गराएकाे हाे ।
प्लान इन्टरनेशनल र राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा सञ्चालित सशक्त वालिका परियोजना गेरुवा गाउँपालिकामा समेत सञ्चाल हुन लागेको परियोजनका कार्यक्रम संयोजक मनोज पौडेलले बताउनुभयो ।
उहाँले ३ वर्ष सम्म सञ्चालन हुने परियोजना बर्दियाको राजापुर, बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा समेत सञ्चालन हुने जानकारी दिनुभयो ।

परियोजना वारे जानकारी दिदैँ पालिकास्तरमा रहेका सम्पुर्ण वालबालिका, किशोर किशोरी तथा युवाहरु साथै विषेशगरी किशोरी र युवा महिलाहरु आफ्नो अधिकारको बारेमा जानकार भई वालविवाह, छिटोविवाह र जवरजस्ती विवाहबाट मुक्त भई स्वतन्त्र रुपमा जिवनयापन गर्न सफल हुने परियोजनाको लक्ष्य रहेको कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।
उहाँले परियोजनाले नकारात्मक सामाजिक मूल्यमान्यता तथा अभ्यासहरुमा परिवर्तन गर्ने, स्थानीय स्तरमा श्रोत र सुरक्षित वातावरणका लागि सवल बनाउने तथा नीति, कार्यढाँचा र बजेट व्यवस्थापनमा जोड दिने एवम मानविय सहयोगका सन्दर्भमा सक्षम बनाउने कार्य गर्ने वताउनुभयो ।

कार्यकममा प्लानइन्टरनेशनलकी दिक्षा भाटले प्लान इन्टरनेशनल नेपालको राष्ट्रिय रणनिति, कार्यक्रम र दृष्टिकोण तथा ध्येय, लक्षित कार्यक्षेत्र तथा अनुमानित सहभागीका बारेमा प्रकाश पार्नु भएको थियो ।
गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत बस बहादुर राना ६ वटै वडाका वडाध्यक्षहरु, राधाकृष्ण थारु जनसेवा केन्द्रका का. वा. अध्यक्ष युवराज श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन परियोजना अधिकृत सञ्जय चौधरीले गर्नु भएको थियो ।