गेरुवा गाउँपालिकाको वडा नं. ५ विन्द्रा स्थित सरस्वती आधारभूत विद्यालयमा मंगलवार वाल भेला सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने मुल नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर वाल भेला सम्पन्न भएको हो ।

बाल विवाह परियोजना अन्तरगत गेरुवा गाउँपालिकाकोे समन्वय तथा सहकार्य एवम प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (वी ग्रुप)ले वाल भेलाको आयोजना गरेको हो ।

वाल अधिकारका सवाल र समस्याहरुको बारेमा वाल वालिकाले आफ्ना वुझाइ तथा भोगाइहरु बाहिर ल्याउन अभिप्रेरित गर्ने, बाल विवाह विरुद्ध संगठीत रुपमा आवाज उठाउनका लागि बालकल्व र बालवालिकाको सहभागिता वढाउन तथा वाल विवाह न्यूनिकरणका लागि स्थानीय उपायहरुको खोजी गर्दै बाल विवाह न्युनिकरणमा वालवालिकाको सहभागितामा अभिवृद्धि गर्ने उद्येश्यका साथ वाल भेलाको आयोजना गरिएको बालविवाह न्यूनिकरण परियोजना गेरुवा गाउँपालिकाका सुपरभाईजर ज्ञान बहादुर चौधरीले बताउनुभयो ।

कार्यक्रमको उद्येश्य प्राप्तिकालागि सामुहिक छलफल, समूह कार्य, चित्र द्वारा समस्याको प्राथकिकरण जस्ता प्रकृया अपनाइएको थियो । कार्यक्रममा वालविवाह न्युनिकरण परियोजना अन्तरगत विद्यालयमा अध्ययनरत किशोर किशोरीहरुको सहभागितामा समुदायमा सञ्चालित वडा नं ५ का ८ वटा ‘परिवर्तनका सम्वाहक कक्षाका १ सय ५ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।
