Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

युवा लक्षित १ महिने ड्राईभिङ तालिम सम्पन्न, सहभागि स्वरोजगार बन्न सक्ने वडाध्यक्ष थारुको विश्वास

  • बर्दिया टुडे
  • 3.1K
    SHARES
  • बर्दियाको राजापुर नगरपालिका वडा नं. २ ले युवा लक्षित १ महिने ड्राईभिङ तालिम सम्पन्न गरेको छ ।

    वडामा रहेका निम्न आयस्तर भएका परिवार, दलित तथा पिछडिएका युवाहरुलाई छनौट गरी तालिममा सहभागि गराईएको वडाध्यक्ष धरणीधर थारुले वताउनु भयो ।


    ADVERTISEMENT

    images

    १ महिने तालिमबाट आफुमा हलुका तथा मध्यम सवारी साधन चलाउन सक्ने आत्म विश्वास बढेको तालिममा सहभागि राजापुर नगरपालिका वडा नं. २ नयाँगाउँ ग्वारी वजारका स्थानीय युवा विशाल चौधरीले वताउनु भयो ।

    चालक बन्दाको पहिलो चरण देखि सवारी चालक अनुमति पत्र लाईसेन्स निकाल्दा हुने प्रयोगात्मक ट्राईल सम्म सिकाएकाले आफु सजिलै लाईसेन्समा पास हुने विश्वास लिएको प्रशिक्षार्थी चौधरीको भनाई छ ।

    वडा कार्यालयको युवा लक्षित सिपमुलक काममा सवारी चालक ड्राईभिङ तालिममा युवाहरुको आकर्षण रहेको वताउदै वडाध्यक्ष थारुले तालिम पाएका युवाहरु खुशी भएको वताउनु भयो ।

    गाउँमा वेरोजगारको संख्या वढ्दै गएको वताउदै आफुले सिकेको सीपको सदुपयोग गर्ने युवा सजिलै स्वरोजगार वन्नेमा आफु विश्वस्त रहेको वडाध्यक्ष थारुको भनाई छ । वडा नं २ को २ लाख आर्थिक सहयोगमा १९ जना युवाहरुले खप्तड ड्राईभिङ सेन्टरबाट गाडी चलाउन सिकेका थिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij