Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरको खाद्य व्यापार केन्द्रमा मंसिरकाे दोश्राे सातासम्म १५ प्रतिशत मात्र धान खरिद

धान खरिद लक्ष्यमा पुग्न सक्ने अवस्था ज्यादै न्युन
  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरमा गत असोज २९ गते देखि हालसम्म १५ प्रतिशत मात्र धान खरिद भएको छ । यस वर्ष धान खरिद ९५ हजार क्विन्टलको लक्ष्य छ ।


    ADVERTISEMENT

    images

    व्यापार केन्द्र,राजापुरका मुख्य शाखा प्रमुख रामसागर मेहेताका अनुसार मंसिर १६ गते सम्म धान खरिद १४ हजार ८ सय ५७ क्विन्टल खरिद भएको छ । 'धान खरिद लक्ष्यमा पुग्न सक्ने अवस्था छैन,’उनले भने‘मुस्किलले २० हजार क्विन्टल मात्र खरिद हुन सक्छ ।

    यसवर्ष बर्दियामा धानको उत्पादन बढेको एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय,बर्दियाले जनाएको छ । जिल्लामा ५१ हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । यस वर्ष २ लाख २५ हजार ४ सय ५० क्विन्टल धान उत्पादन भएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय,बर्दियाका प्रमुख सागर ढकालले बताए ।

    धानको उत्पादन बढेपनि व्यापारीले मनपरी खरिद गर्दा घटेको खाद्य तथा व्यापार केन्द्रको खरिद कम भएको कर्मचारीहरुको अनुमान छ । कतिपय किसानले धानको मुल्य बढ्ने भन्दै घरमै राखेको हुन सक्ने अनुमान गरिएको राजापुर—३ का किसान जयराम थारुले बताए । कतिपय किसानले व्यापारीलाई बेचेकाले पनि खाद्यमा खरिद कम भएको हुन सक्ने स्थानीय बताउँछन् । यस वर्ष सरकारले मोटो धानको मुल्य ३ हजार १ सय ९८ र मकवानपुर धानको मुल्य ३ हजार ५ सय तोकेको छ ।

    व्यापारीसँगै केही टाठा बाठा किसान बिचौलिया भएकाछन,’प्रमुख मेहताले भने,‘धान खरिदका लागि खाद्यले सार्वजनिक विदाका दिनपनि कार्यालय खोलेर बस्दा पनि फाटफुट खरिद भएको छ ।

    गत वर्ष पनि लक्ष्य ५० हजार भएपनि २३ हजार मात्र धान खरिद भएको खाद्यले जनाएको छ । धान खरिद न्यून भएको छ,’उनले भने,‘अझै समय छ किसान धान बिक्रीका लागि आउछ भन्ने विश्वास छ । स्थानीयस्तरमा धान खरिदका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र,स्थानीय भौरा टप्पु कृषक समन्वय समितिका प्रतिनिधि, संस्थानका प्रमुख रहेको धानको मूल्य निर्धारण समितिले निर्णय गरेपछि खरिद प्रक्रिया अघि बढ्छ । (कान्तिपुर)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij