गेरुवा गाउँपालिकामा कमैया महिला जागरण समाजद्वारा संचालित कार्यक्रमको अनुगमन गरिएको छ । गाँउपालिका वडा नं ५ को वन्जरिया र विन्द्रामा संस्थाको सहयोमा मुक्त कमैयाहरुले सञ्चालन गरेको बाख्रा पालन, बंगुर पालन र तरकारी उत्पादनको पालिका स्तरीय अनुगमन गरीएको हो ।

संस्थाले मुक्त कमैया परिवारको आर्थिक अवस्था र जिविकोपार्जनमा सुधार ल्याउन तथा परिवारिक अवस्था सुधारको लागि गाँउपालिकामा बिगतका बर्षहरु देखि नै कामगर्दै आइरहेको छ । संस्थाले गरेको काम प्रभावकारी भयो भएन भन्ने उद्देश्यले पालिका स्तरीय अनुगमन गरीएको हो ।

संस्था मार्फत भैरहेको कामले मुक्त कमैयाहरुलाई काम गर्न उत्साहित बनाएको छ । संस्थाको सहयोग संगसंगै पालिकाको पनि आफूहरुको जिविकोपार्जन आर्थिक सुधारकालागि योजनाहरु ल्याउने अपेक्षा गरेका छन् ।

अनुगमनको क्रममा पालिकाका अध्यक्ष जमान सिंह के. सी.ले संस्थाले गरेको काम प्रभावकारी रहेको बताउनु भयो । उहाँले मुक्त कमैयाहरुको अपेक्षा अनुरुप स्थानीय तहको श्रोत साधन र आर्थिक रुपमा भ्याय सम्म मुक्त कमैयाहरुको आर्थिक अवस्था र जिविकोपार्जनमा सुधार ल्याउन निति तथा कार्यक्रम बनाएर जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।

अनुगमन कार्यक्रममा पालिका अध्यक्ष जमान सिंह के. सी. , उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकिय अधकृत बस बहादुर राना, सामजिकविकास समिति संयोजक तथा वडा नं. ३ का वडाअध्यक्ष निर्मल थारु, संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।