खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. मुख्य शाखा कार्यालय राजापुरले गेरुवामा धान खरिद डिपो सञ्चालनमा ल्याएको छ ।
गेरुवा गाउँपालिका वडा नं. ३ मा बालुवाटार स्थित मैदान र वडा नं. ६ कल्पेश्वर खेल मैदानमा डिपो स्थापना गरि किसानको धान खरिद गर्न थालेको हो ।
कम्पनीले आफ्नो मापदण्ड भित्र पर्ने मोटा धान प्रति क्वीन्टल ३ हजार १९८ रुपैँया, मध्यम धान प्रति क्वीन्टल ३ हजार ३ सय ६२ रुपैँया र मकवानपुर धान प्रति क्वीन्टल ३ हजार ५ सय रुपैँयामा पल्लेदारी खर्च बाहेक खरिद गर्ने जनाएको छ ।
साथै धान विक्रि गर्न ल्याउँदा किसानले आफ्नो परिचय खुल्ने कागज (नेपाली नागरिकता, लालपुर्जा, लाईसेन्स मध्ये एक) मा सम्बन्धित वडा कार्यालयको छाँप र हस्ताक्षर अनियवार्य पेश गर्नुपर्ने बताइएको छ ।
कम्पनी धानको चिस्यान १८% भित्र हुनु पर्ने, वाह्य पदार्थ २ % भन्दा वढी नभएको हुनुपर्ने र धानमा विग्रेको दाना ५% भन्दा कम भएको पोकटा नभएको सफा हुनु पर्ने मापदण्ड तोकेको छ ।
मध्यम धान अन्तर्गत सावित्री, आईआर २२, सोना मन्सुली, गोरखनाथ सावाँ मन्स्ली मात्र खरिद गरिने कम्पनीले जनाएको छ ।