Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मधुवन नगरपालिकामा विद्यालय सुधार योजनाकाे तयारी

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    हरि गुरुङ्ग : मधुवन नगरपालिकाका सामुदायिक विद्यालयहरुले विद्यालय सुधारको योजना बनाई विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन तथा पठनपाठनमा एकरुपता ल्याउने तयारी गरेका छन् । लैङ्गिक रुपान्तरण तथा सुरक्षित बिद्यालयको ढाँचाका बिषयमा १ दिने कार्यशाला गरी पालिकाका ११ वटा विद्यालयले विद्यालय सुधारको योजना बनाइ शैक्षिक सुधार गर्दै पठनपाठनमा एकरुपता ल्याउने तयारी गरेका हुन् ।


    कार्यक्रममा विद्यार्थीहरुको लागि आन्तरिक सक्षमताको अवस्था विद्यार्थीको सिकाई उपलब्धीको विवरण, बालीकाहरुको गुणस्तरीय शिक्षा र बिद्यालयमा नियमित उपस्थीती र टिकाइराख्नका लागी बिद्यालयको कार्ययोजना, आचारसंहिता निर्माण, गुनासो सुनुवाई संयन्त्र, बिद्यालयको बृहत्तर सुरक्षा योजना बारे एकरुपता ल्याउनका लागी कार्ययोजना, बिपत् योजना र वालमैत्री तथा लैगिक अपागंता मैत्री निर्माणाधिन शौचालय भौतिक सुविधाको अवस्था, विद्यालयको व्यवस्थापकिय पक्ष र यसको कार्यान्वयनका बारेमा छलफल गरिएको छ ।


    विद्यार्थीको सिकाइ सुधारको लागि सबैभन्दा महत्वपूर्ण भूमिका नै शिक्षकको हुने भएको कारण शिक्षकको पेशागत विकासका लागि नगरपालिकाले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पुरागर्ने मधुवन नगरपालीकाको नगर उपप्रमुख अनिता चौधरीले बताउनु भयो । शिक्षालाई पहिलो प्राथमिकतामा राखेर शैक्षिक सुधारको लागि पालिका समर्पित भएको काम गरिरहेको उपप्रमुख चौधरीकाे भनाई थियोे ।


    बिद्यालय सुधार योजना निर्माण सहयोगी पुस्तिका–२०७४ ले ब्यबस्था गरे अनुरुप बिद्यालयको योजना बनाउने गरिएको भएता पनि आवश्यकता र स्थानीय माग र अवसर लाइ मुख्य रुपमा राखी योजना निर्माण गर्दा योजना प्रभावकारी बन्ने योजनाहरुमा आपतकालिन शिक्षाको योजना, बिपत् योजना, स्टिम शिक्षा, ग्रिन स्कुल बनाउनका लागी बनाउनका यस कार्यशालाले टेवा पु¥याउने प्लान ईन्टरनेशनल बि ग्रुप बाँकेको साझेदारीमा सञ्चालित बालविवाह न्युनिकरण परियोजनाका प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले बताउनु भयो ।


    बालविवाह परियोजना मार्फत सस्थाले विद्यालयमा उपलब्ध सीमित स्रोत र साधनको अधिक्तम रुपमा सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरणलाई प्रभावकारी वनाउन र विद्यालयमा सञ्चालन हुने हरेक क्रियाकलापमा समुदायको सकारात्मक सहभागिताको वृद्धि गराउँदै शिक्षा क्षेत्रमा भएको विकेन्द्रिकरणलाई प्रभावकारी कार्यान्वयन गरि सेवा क्षेत्र भित्रका उमेर पुगेका वालवालिकालाई विद्यालयको पहुँचमा ल्याउन विद्यालयको मौजुदा शैक्षिक र भौतिक स्थितिको मूल्याङ्कन गरी भावी रणनीतिको तर्जुमा गरि विद्यालयको सर्वोत्तम हितका लागि समुदायको सकारात्मक सहभागितामा जोड दिईएको छ । परियोजनाबाट संचालन भएका कृयाकलापहरुको सस्थागत गर्नुपर्नेमा परियोजनाका प्राबिधिक संयोजक शर्माको जोड दिनु भएको थियो ।
    मधुवन नगरपालिकाको सार्वजानिक शिक्षा सुधारका लागि विभिन्न प्रतिबद्धना गरेको छ । संविधानले स्थानीय तहलाई कक्षा १२ सम्मको शिक्षा व्यवस्थापन गर्न दिएको अधिकार तथा शिक्षालाई मौलिकहगको रुपमा आधारभुत सम्मको शिक्षा आफ्नै पालिकामा प्रदान गर्नु नगरपालिकाको दायित्व र सो कार्यलाई पुर्णता दिन कक्षाकोठाको शिक्षण नतिजामा आधारित बनाई अघि बढ्ने निति लिईएको छ । विद्यालय सुधार गर्न सार्वजानिक दायित्व, जवाफ देहिता र जिम्मेवारीको हिसावले विभिन्न प्रतिद्धता जाहेर गरिएको छ ।


    मधुवन नगरपालिकाका समन्वय, प्लान इन्टरनेशनल नेपाल र भेरी वातावणीय विशिष्टता समुह वि ग्रप बाँकेको आर्थिक साझेदारि र शिक्षा युवा खेलकुद शाखाको सहजिरकणमा कार्यक्रम संचालन गरिएको हो । नगर उपप्रमुख, प्रमुख प्रशाशकिय अधिकृत, बिषयगत शिक्षा युवा खेलकुद शाखा प्रमुखको सहभागीता रहेको र परियोजना बिधालयका प्रधानाध्यापक, शिक्षक, बिद्यालय ब्यबस्थापन समितीका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी गरि करिब २० जना को सहभागीता रहेको कार्यक्रमको संचालन भएको परियोजना सुरभाईजर गंगा गुरुंगले जानकारी दिनुभयो ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij