बाँसगढी नगरपालिकामा नेपाली कांग्रेस नगर कार्यसमितिले कार्यकर्ता भेटघाट तथा समायोजन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बर्दियाले केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार बर्दियाका स्थानियतहहरुमा रहेका पार्टीका संरचनाहरु पुर्नगठन गरेको छ । काँग्रेसमा समाहित भएका नेपाल लोकतान्त्रिक फोरम सहितका पदाधीकारीहरुलाई नयाँ समितिमा समाविष्ट गर्दै जिल्लाका स्थानिय संरचनाहरुको पुर्नगठन प्रकृया शुरु गरेको हो । आज बाँसगढी नगरपालिकामा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति एवम् बर्दिया क्षेत्र नम्वर १ का संघीय सांसद संजयकुमार गौतमले राज्य पुर्नसंरचना बमोजिम पार्टीको स्थानिय संरचना पुर्नगठन गरिएको बताउनु भएको छ । यस्तै सोमवार बाँसगढी नगरपालिका नगर कार्यसमिति पुर्नगठन गर्दै गौतमले चाडै जिल्लाका सबै स्थानिय तह हरुमा पार्टीको संरचना पुर्नगठन गरी सक्ने तयारी रहेको जानकारी दिनु भएको छ । जिल्लामा, प्रदेश तथा संघ स्तरिय संरचनाहरु पुर्नगठन भै सकेको छ । सोहि कार्यक्रम अनुसार नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम सहितका पदाधीकारीहरुलाई समेट्दै बाँसगढी नगरपालिकाको साविकक बेलवा, मोतिपुर र डेउढाकलाग ३ ओटै गाउँ कार्यसमितिका सभापतिहरुको आपसी छलफल र सहमतीमा नेपाली कांग्रेसको बाँसगढी नगर स्तपरय नयाँ कार्यसमिति गठन गरेको छ । सोही अनुसार गोविन्द प्रसाद शर्मा रेग्मीको सभापतित्वमा २६ सदस्यी बाँसगढी नगर स्तरिय नयाँ कार्यसमिति सर्वसहमत चएन गरेको छ । जासको उपसभापति जग्दीश थारु र सोमती थारु (आकाश) चएन भएको छन् । त्यैगरी सचिवमा कालेदार थारु र एक नारायण अधिकारी, सहसचिवमा जग्राम चौधरी र सिताराम थारु, कोषध्यक्षमा योगेन्द्र चौधरी लगाएत अन्य सदस्य गरि २६ सदस्यमा निर्विरोध चयन भएका छन् ।नेपाल लोकतान्त्रिक फोरमबाट नेपाली काँग्रेसमा समाहित भएका सदस्यहरुलाई बाँसगढी नगरपालिकाको नगर कार्यसमितिको विभिन्न पदमा समायोजन गरिएको छ ।अन्य कार्यपालिका हरुमा पनि यही महिना भत्रै पुर्नगठन गरिने नेपाली कांग्रेस बर्दियाले जनाएको छ । बाँसगढी नगर सभापति गोविन्द प्रसाद शर्मा रेग्मीको समाअध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य एवम पुर्व मन्त्री नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर गोपाल दहित, प्रदेश न ५ का सभासद भुवनेश्वर थारु, पुर्व नेपाली कांग्रेसका आमन्त्रीत सदस्य महेन्द्र शर्मा, बर्दिया जिल्ला नेपाली काग्रेस कार्यसमिति उपसभापती मिश्रिलाल यादव, पुर्व पार्टी सचिव एवम महासमिति सदस्य सोदे विष्ट लगाएतले नव गठित कार्यसमितिलाई शुभकामना दिनु भएको थियो । भने कार्यक्रमको संचालन एक नरायण अधिकारीले गर्नु भएको थियो ।