बर्दियाको गेरुवा गाउँपालिकाका आगलागी पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।
आगलागीमा सम्पूर्ण घर नष्ट भएका हरेक परिवारलाई ३०/३० हजार रूपैयाँ दरले राहत रकम एक कार्यक्रम बिच लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस प्रमुख सचेतक एवं सांसद जन्मजय तिमल्सिनाले हस्तान्तरण गरेका हुन् ।

गेरुवा गाउँपालिका वडा नं. ५ पथरैयाकी शर्मिला शाहीकाे घरमा ग्यास सिलिन्डर विस्फोट बाट भएकाे आगलागीमा गएकाे चैत्र २६ गते संगै रहेका बाँकी ३ घरमा समेत आगलागी हुँदा ४ घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।
आगलागीबाट भएको जानकारी पाए लगत्तै जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट राहत रकम हस्तान्तरण गरिएको र लुम्बिनी प्रदेश सरकारबाट पनि आगलागी पीडित लाई राहत स्वरूपको रकम दशैँको मुखमा हस्तान्तरण गर्न पाउदा ४ वटै परिवारलाई थोरै भए पनि राहत हुने कुरा सांसद जन्मजय तिमल्सिनाले बताए।
आगलागी पछि परिवारलाई जिल्ला विपद व्यवस्थापन कोष बर्दियाबाट १५/१५ हजार हस्तान्तरण गरिएको र माननिय जन्मजय तिमल्सिनाकाे पहलमा लुम्बिनी प्रदेश सरकारबाट राहत स्वरूपको रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण रिसालले जानकारी दिए।
लुम्बिनी प्रदेश सरकारबाट यो दशैको समयमा राहत स्वरूप को रकमले हामीलाई थोरै भए पनि राहत हुने आगलागी पीडित शर्मिला शाहीले बताईन ।
आगलागीबाट लाछुराम बम, बिष्णु बहादुर बम, शर्मिला शाही र विपना बमको घर पूर्ण क्षतिग्रस्त भएको थियो।