बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिका स्थित नौलो बाँस सामुदायिक वनमा गैंडा मृत फेला परेको हो । निकुञ्जबाटै निस्केको गैंडा मृत भेटिएको हो ।
निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारी रहेको उक्त सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैंडा मृत फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
मृत्यु भएको पोथी गैंडासँग बच्चा समेत रहेको छ । गाइ बस्तु चराउन आएका गोठालाहरुले मृत गैडा देखेपछि निकुञ्जलाई खबर गरेका थिए ।
गैंडा लाई वाह्य कुनै चोट पटक नलागेको र गैडाको खुर तथा खाग पनि जस्ताको तस्तै रहेकाले गैडाको मृत्यु प्राकृतिक कारणले भएको प्रारम्भिक अनुमान गरिएको छ ।
पाेष्टमार्टम गर्दा फाेक्साेकाे संक्रमण देखिए पनि रिपोर्ट प्राप्त भए पछी मात्र मृत्युको कारण स्पष्ट हुने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रि विनोद दाहालले बताउनु भयो ।