केशव कोइराला : बर्दियाको राजापुर नगरपालिकाले मोवाइल एप संचालनमा ल्याएको छ । राजापुर एकिकृत एप नामक मोवाइल एप संचालनमा ल्याएको हो । मोवाइल एपको आज एक कार्यक्रमका बिच राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले सुभारम्भ गर्नुभयो । सेवाग्राही हिडेर पालिका तथा वडामा जानुपर्ने बाध्यतालाई हटाउनुकासाथै समयको बचत होस भन्ने हेतुले मोवाइल एप संचालनमा ल्याइएको नगर प्रमुख थारुले बताउनुभयो । मोवाइल एपमा पालिका तथा वडाकोे जानकारी, गतिवीधि, समाचार नागरिकवडापत्र, सिफारिस, परियोजना निगरानि प्रणाली,आपत्तकालीन नम्वर , पालिका प्रमुख, उप–प्रमुख प्रमुख प्रसासकिय अधिकृतलाई सुझाव, जिज्ञासा, गुनासो राख्न मिल्ने व्यवस्था मिलाइएको छ । जसका कारण इन्टरनेट सुबिधा र एन्ड्रोइट मोवाइल प्रयोगकर्ता सेवा ग्राहीले सजिलै सिफारिसकालागी निवेदन, जिज्ञासा,सुझाव,गुनासो राख्न पाउनेछन् । मोवाइल एपमा एक बाहेक अतिरिक्त नामवाट खाता खोल्न पाइने र सवैले सहजै सुबिधा लिन सक्ने व्यवस्था रहेको राजापुर नगरपालिकाका सूचना प्रबिधी अधिकृत खुशीराम चौधरीले बताउनुभयो । जर्मन सरकार जिआइजेट परियोजनाको प्राबिधिक सहयोगमा राजापुर नगरपालिकाले मोवाइल एप संचालनमा ल्याएको हो ।