लुम्बिनी प्रदेसमा १ लाख पर्यटक भित्र्याईने : मुख्यमन्त्री डिल्ली चौधरी
बर्दिया टुडे
आश्विन १०, २०८० बुधवार
१७:०३:१८ मा प्रकाशित
2.6K
SHARES
2.6K
SHARES
बर्दिया जिल्ला बाघ लगायत अन्य वन्यजन्तु सहज अवलोकनका लागि उचित गन्तव्य भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बताउनु भएको छ । बर्दिया जिल्लामा विविध जातजातीको सँस्कृति भएकाले पनि पर्यापर्यटन विकासका लागि सहज हुने ४४ औं विश्व पर्यटन दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
गतबर्ष २८ हजार पर्यटक भित्रिएकोमा यसबर्ष १ लाख पर्यटक भित्राउने लक्ष्यका साथ कार्ययोजना तयार गरि लुम्बिनी सरकार अघि बढ्ने उहाँको भनाई छ ।
कार्यक्रममा बर्दिया पर्यापर्यटनको दृष्टिकोणबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित भएकाले बर्दियामा लुम्बिनी प्रदेश सरकारले विशेष महत्व दिनुका साथै स्थानीय उत्पादनलाई बढावा दिने निति तथा कार्यक्रम रहेको जानकारी दिनुभयो । जिल्लामा वन्यजन्तु र मानव द्वन्द न्यूनीकरणका लागि वन्यजन्तु पिडित किसानहरुलाई पर्यटन सँग जोड्नुका साथै विविध साँस्कृतिक रुपमा धनी बर्दियाले साँस्कृतिक हब बनाएर पर्यटक व्यवसायीहरुले सहयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
उहाँले पर्यटन व्यवसायीहरुले बाहिरी जिल्लामा उत्पादन भएका बस्तुहरु नल्याई स्थानीय रुपमा उत्पादन भएका बस्तुहरुको उपयोग गरि पर्यटकलाई आर्कषित गर्न सुझाव दिनुभयो ।
स्थानीय रुपमा उत्पादन हुने मदिराजन्य पदार्थलाई ब्राण्डिङ्ग गरि बजारमा ल्याउने लुम्बिनी प्रदेश सरकारले गृहकार्य गरिरहेको र यसले मानव र वन्यजन्तु विच हुनेद्धन्द बाट पिडित स्थानीयहरुको आय आर्जनमा टेवा पुग्ने मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले बर्दिया को पर्यटन विकासका लागि यहाँको विकास र उत्पादन लाई पर्यटन संग जोडनु पर्ने बताउनु भयो ।
ठाकुरद्वारा मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशको १२ वटै जिल्लाको प्रतिनिधित्व गर्ने साँस्कृतिक कार्यक्रम, थारु लोक संस्कृति झल्काउने सास्कृति कार्यक्रम तथा हस्तकला, होमस्टे खानाको परिकारहरु, पर्यटन प्रवर्द्ध नका लागि टेवा पुग्ने स्टलहरु राखिएको थियो ।