बाल विवाह र लागु औषध विरुद्ध अन्तरकृयात्मक संचेतना अभियान
बर्दिया टुडे
आश्विन १०, २०८० बुधवार
२०:११:४९ मा प्रकाशित
2.8K
SHARES
2.8K
SHARES
गेरुवा गाउँपालिकाको वडा नं. ५ मा बाल विवाह र लागु औषध विरुद्ध अन्तरकृयात्मक संचेतना अभियान थालिएको छ ।
वडा नं. ५ ले आर्थिक वर्ष २०८०/ ०८१ का लागि छनौट गरेको कार्यक्रम तथा विनियोजित रकम वाट अभियान थालिएको हो ।
गेरुवा गाउँपालिका वडा नं. ५ मा रहेका १२ वटै टोलमा अन्तरकृयात्मक संचेतना अभियान सम्पन गरिने वडा न. ५ का वडा अध्यक्ष धर्मप्रकाश थारुले बताउनु भयो । वुधवार वञ्जरिया र विन्द्रामा कार्यक्रम सम्पन भएको हो ।
ADVERTISEMENT
समुदायमा बढ्दै गएको वाल विवाह र लागु औषध दुव्यसनी लाई न्युनिकरण गर्दै रोकथाम गर्न अभियानले सहयोग पुर्याउने अध्यक्ष थारुको विश्वास छ ।
अभियान लाई सफल बनाउन वाल विवाह तथा लागु औषध विरुद्ध वडामा काम गरिरहेका सामाजिक संस्थाहरु कमैया महिला जागरण समाज, बेस बर्दिया र बि–ग्रुप तथा नेपाल प्रहरी एवं पशुपतिनर स्वास्थ्य केन्द्रले सकृय सहमागिता जनाई सहजिकरण गरीरहेका छन ।