Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बन्यजन्तु पीडित परिवारका विद्यार्थीलाई छात्रबृत्ति वितरण

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    मधुवन (बर्दिया) । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ खाता समन्वय समितिको सभा हलमा वन्यजन्तु पीडित परिवारका विद्यार्थीका लागी छात्रवृत्ति वितरण गरिएको छ ।


    ADVERTISEMENT

    images

    विभिन्न बन्यजन्तु मध्ये हात्ती, बाघ, गैंडा र चितुवाकाे आक्रमणबाट ज्यान गुमाएका पीडित परिवारकाका  बालिकाहरुलाई नगद  छात्रवृत्ति वितरण गरिएको हाे ।

    384221014_2190198257844333_3732786090327866969_n (1).jpg

    कटीया एडम्सन कन्जरभेसन फन्डको आर्थिक सहयोगमा उज्यालो नेपालले रु २ लाख १५ हजार ५०० सय  रुपैयाँ बराबरको नगद छात्रवृत्ति वितरण गरेकाे हाे ।

    मधुवन, ठाकुरबाबा, बाँसगढी, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिका गरी २१ जना बाल बालिकाहरुलाई कक्षा स्तर अनुसार छात्रवृत्ति वितरण गरिएको हो । १० कक्षा सम्म अध्ययन गर्ने लाई ११ हजार र साे भन्दा माथि अध्ययन गर्ने बाल बालिकाहरुलाई २२ हजारका दरले  छात्रवृत्ति प्नदान गरिएकाे थियाे।

    383924476_1462945017863129_71484859704660008_n.jpg

    साे अवसरमा उज्यालो नेपालले आफ्नै आर्थिकश्राेतमा  उनिहरुलाई १५ हजार १ सय २० रुपैंया बरावरकाे स्सटेशनरी समेत वितरण गरेकाे उज्यालो नेपालका स्वयंसेवक रमेशकुमार थापाले जानकारी दिनुभयो । उहाँले उज्यालो नेपालले हरेक बर्ष वन्यजन्तु पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति वितरणगर्दै आईरहेको थापाले जानकारी भयाे ।

    384035763_861877211957834_2750041599167835601_n.jpg

    मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी, बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका प्रमुख अजित तुम्बाहाम्फे, डिभिजन वन कार्यालय बर्दियाका निमित्त प्रमुख टंकबहादुर गुरुङ्ग, मधुवन नगरपालिका वडा नं–१, ३, ४ र ५ का वडा अध्यक्षहरु, सशस्त्र प्रहरी बल प्रहरी उपरिक्षक, देविदत्त गणका गणपति हिमाल थापा, बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहाल, मधुवन नगरपालिका नगर सल्लाहकार विजय वली, खाता समन्वय समितीका पदाधिकारी, हात्ती मेरो साथी अभियानका अध्यक्ष धनीराम चौधरी र बालबालिका सहित अभिभावकहरुको उपस्थितिमा छात्रबृत्ति सहयोग हस्तान्तरण गरिएको थियाे ।

    383302541_3461171004211739_284583722583167237_n.jpg

    कटीया एडम्सन कन्जरभेसन फन्ड, खाता समन्वय समिति, हात्ती मेरो साथी अभियान र उज्यालो नेपालको सहयोग, समन्वय र सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

    384075585_841569937466132_2801579649034718214_n.jpg

    383396232_332865855928749_6757384850219513108_n.jpg

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij