गोला स्वास्थ्य चौकीमा प्रसुती केन्द्र संचालनमा आयाे
बर्दिया टुडे
आश्विन ८, २०८० सोमवार
१९:३०:०७ मा प्रकाशित
2.7K
SHARES
2.7K
SHARES
गेरुवा । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ मा रहेकाे गोला स्वास्थ्य चौकीमा प्रसुती केन्द्र सञ्चालनमा आएकाे छ ।
गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी. र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले प्रसुती केन्द्रकाे संयुक्त रुपमा उद्घाटन गरे सँगै साेमवार देखि सञ्चालनमा आएकाे हाे । ।
सबै वडामा प्रसुती केन्द्र स्थापना गर्ने गाउँपालिकाको लक्ष्य अनुरुप स्वास्थ्य चौकी गोलामा प्रसुती सेवा सुरु गरिएको हो ।
स्थानीय महिलालाई वडा स्तरमै प्रसुती सेवा दिने उद्देश्यले प्रसुती केन्द्र संचालनमा ल्याइएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले बताउनुभयो । उहाँले प्रसुती केन्द्रबाट गेरुवा गाउँपालिकाको माथिल्लो भेगका स्थानीयहरु बढी लाभान्वित हुने बताउनु भयाे ।
गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले प्रसुती केन्द्र बाट वडा नं. ४ र वडा नं. १ का करिब १ हजार ७ सय घरधुरी लाभान्वीत हुने बताउनु भयाे ।
६ वटा वडा रहेको गेरुवा गाउँपालिकामा वडा नं. ३ काे पाताभार स्वास्थ्य चाैकी र वडा नं. ६ काे मनाउ स्वास्थ्य चाैकीमा यस अघिनै प्रसुती केन्द्र संचालनमा आइसकेको छ । बाँकी वडामा समेत यसको तयारी थालिएको छ ।
जिल्लाका आठ वटा स्थानीय तह मध्ये स्वास्थ्य क्षेत्रमा राम्रो काम गरी गेरुवा गाउँपालिका हरेक बर्ष उत्कृष्ट हुँदै आएको छ ।
उद्घाटन कार्यक्रममा गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, गेरुवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।