Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाको ठाकुरद्वारामा ४४ औं पर्यटन दिवस मनाईदैं

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    गुलरिया : ४४ औं विश्व पर्यटन दिवस २०८० बर्दियामा भव्य रुपले मनाउन लागिएको छ । बर्दियाको पर्यटकिय नगरी ठाकुरद्वाराको ठाकुरबाबा मन्दिरको प्राङ्गणमा विविध कार्यक्रमका साथ विश्व पर्यटन दिवस मनाइने ठाकुरद्धारा नगरपालिकाले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

    विश्व पर्यटन दिवसको अवसर पारेर असोज १० गते बुधवार मनाउन लागिएको मुल समारोह समितिका संयोजक ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलक लम्सालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पर्यटन र हरित लगानीलाई बढावा दिई आन्तरिक तथा वाह्य पर्यटन भित्राउने कार्यक्रमको मुख्य उद्देश्य छ । पर्यटकीय मुल गन्तव्यको रुपमा ठाकुरद्वारा सहित बर्दियाका धार्मिक तथा प्राकृतिक पर्यटकिय क्षेत्रको विकास गरि बर्दियालाई विश्वमा चिनाउनका लागि विश्व पर्यटन दिवसको आयोजना गरिएको नगर प्रमुख लम्सालको भनाई छ । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ हेर्नका लागि उचित गन्तव्य रहनुका साथै संस्कृती र प्राकृतिक हिसाबले अब्बल रहेको छ ।

    उपसंयोजक एवम नगरपालिकाका उप प्रमुख विना भट्राईले पर्यटन दिवसको अवसरमा लुम्बिनी प्रदेशको १२ वटै जिल्लाको प्रतिनिधित्व गर्ने साँस्कृतिक कार्यक्रम, थारु लोक संस्कृति झल्काउने सास्कृति कार्यक्रम तथा हस्तकला, होमस्टे खानाको परिकारहरु, पर्यटन प्रवद्र्धनका लागि भावि योजना सहितका कार्यक्रम रहेको बताउनु भयो । कार्यक्रमलाई भव्यताका साथ मनाउन पर्यटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री, ८ वटा पालिकाका जनप्रतिनिधि, जिल्ला स्थित राजनैतिक दलहरु, सुरक्षा निकायका प्रमुखहरु शिक्षक कर्मचारी, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, पर्यटन व्यवसायी लगाएत सम्पुर्ण सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको नगरपालिकाले जानकारी गराएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij