निवेश लाई क्याम्ब्रिजले गर्यो १० कक्षासम्म निशुल्क पठन- पाठनको व्यवस्था
बर्दिया टुडे
आश्विन ५, २०८० शुक्रवार
२०:२५:१९ मा प्रकाशित
2.8K
SHARES
2.8K
SHARES
आर्थिक अभावका कारण विद्यालय छोड्नुपर्ने अवस्था सृजना भएका निवेश दहितलाई विद्यालयले निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ ।
गेरुवा गाउँपालिकाको वडा नं. ३ शान्तिबजारमा रहेको क्याम्ब्रिज इङ्गलिस स्कुलले वडा नं. ५ पथरैयाका निवेश दहितलाई निःशुल्क पठनपाठन गराउने व्यवस्था गरेको हो ।
दहित क्याम्ब्रिज इङ्गलिस स्कुलमा कक्षा ६ मा अध्ययन गर्दै आएका थिए ।
निवेश दहितको बुवा विभिन्न रोगहरुसँग लड्दै उपचार गराई रहेका छन् ।
स्कुलका फाउण्डर प्रेम बहादुर रावलले चौधरीको पारिवारीक अवस्थाको बारेमा आफुलाई जानकारी भएपछि कक्षा १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिएको गेरुवा कर्णाली पोष्टलाई जानकारी दिए ।
गेरुवामा कुनै पनि बालबालिकाहरुले आर्थिक अभावका कारण विद्यालय छोड्नुपर्ने अवस्था सृजना भए आफुहरुले त्यसमा सक्दो सहयोग गर्ने विद्यालयका फाउण्डर रावलले बताए ।
क्याम्ब्रिज इङ्गलिस स्कुलले अन्य थुप्रै विद्यार्थीहरुलाई छात्रवृत्तीको व्यवस्था समेत गरेको छ ।