Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शिक्षाको क्षेत्रमा राजनीति !

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    हालसालै शैक्षिक क्षेत्रमा राजनीतिको प्रभावले चिन्ता बढाएको छ र शिक्षक र नीति निर्माताहरू सबै विचलित भएका छन् ।  यसको प्रभाव विद्यार्थी, शिक्षक, र शिक्षाको समग्र गुणस्तरमा पर्न सक्छ । दुर्भाग्यवस, शिक्षाको क्षेत्रमा पनि राजनीति  भयो भन्दा हामीलाई अचम्म लाग्छ ।

    सर्वप्रथम, शैक्षिक क्षेत्रमा भएको राजनीतिले गर्दा अहिलेको  पठन पाठन सारै फितलो देखिएको छ ।  शैक्षिक क्षेत्रमा राजनीति हुदा अहिले शिक्षा मौलाउन सकेको छैन । समयमा किताब , कापी नपाउदा  विद्यार्थीले धेरै समस्या झेल्नुपरेको छ । यो कारणले गर्दा अभिबावकले थुप्रै समस्या झेलनुपरेको छ ।  यसले विद्यार्थीहरू बीच ज्ञान र महत्वपूर्ण सोचाइ सीपको उद्देश्यलाई कमजोर पार्दछ । फलस्वरूप, शिक्षा बौद्धिक विकास र व्यक्तिगत विकासलाई बढावा दिनुको सट्टा राजनीतिक Agenda लाई अगाडि बढाउने उपकरण बन्छ ।

    दोस्रो, शिक्षामा राजनीतिको हस्तक्षेपले शैक्षिक नीतिहरूमा स्थिरता र निरन्तरताको अभाव हुन सक्छ ।  राजनीतिको कपटपूर्ण खेलको अभ्यास गर्ने थलोका रुपमा शिक्षण संस्था पनि परिचित हुन थालेको छ । टाठावाठाको भूलभुलैयामा विद्यार्थी पनि आफ्नो लक्षित गुणस्तरीय शिक्षा हासिल गर्नुभन्दा पनि विभिन्न रुपका आन्दोलनमा हाम्फाल्ने प्रवृत्ति छ । कतिपयलाई आन्दोलनको मर्म र धर्मबारे छेउँ–पुच्छर थाहा हुँदैन । आन्दोलनको दूरगामी असरसमेत उनीहरुलाई जानकारी हुँदैन । उच्च शिक्षाका अधिकांश विद्यार्थीको यो हालत छ भने विद्यालयको के होला ? आजकल गुरुलाई कालोमोसो दल्ने, कुट्पिट् गर्ने, थुन्ने जस्ता सांघातिक हमलाहरु उनीहरुका लागि पुरुषार्थ ठहर्छ । अनि ती ‘सामान्य घटना’ मा चर्चा गरिन्छन् । जुन विद्यार्थी राजनीतिको विकृत रुपको पराकाष्ठ हो भन्दा अन्यथा नहोला ।

    शिक्षाको राजनीतिकरणले समाजमा विभाजन र ध्रुवीकरण उत्पन्न गर्न सक्दछ। राज्यको उद्देश्य पूरा गराउने साधन राजनीति हो । राजनीतिमा समाजका विभिन्न व्यक्ति र समूह आबद्ध भएका हुनछन् । राजनीति भनेको क्रियाकलापको तरिका, शक्तिको बाँडफाँट र नेतृत्वको अधिकारलाई सुनिश्चित गर्ने संस्था हो । राजनीतिले नेतृत्वलाई चयन गराउँछ र नेतृत्वले देशको सामाजिक, आर्थिक, शैक्षिक कार्य सञ्चालनको नीति निमार्ण र कार्यान्वयन गराउँछ । राज्यका हरेक क्षेत्रमा राजनीतिको गहिरो प्रभाव परेको हुन्छ । त्यसबाट शिक्षा पनि अछुतो रहन सक्दैन । त्यसैले शिक्षा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण पक्षलाई शिक्षाको राजनीति भनिन्छ । समाज शास्त्रीय दृष्टिकोणमा राजनीतिक संस्था भन्नाले राज्य, सरकार वा राजनीतिक दललाई मात्र बुझ्नु हुँदैन ।

    निष्कर्ष : शैक्षिक क्षेत्रमा राजनीतिक टाडा राखनुनै उचित  ठहरिन्छ । हामी सबैको आवाजले गुणस्तर शिक्षाको माग राख्नु उचित हुन्छ । कतिपय युवा थप शिक्षाको  लागि विदेशीनु परेको छ । त्यसैले देशमा गुणस्तर शिक्षा प्रदान गर्न आवश्यक छ ।

    लेखक अर्किड कलेज भरतपुर, चितवनमा कक्षा ११मा अध्ययनरत हुनुहुन्छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij