सामाजिक भावना बोक्न सक्ने युवा पुस्ताले नै राजनितीको वागडाेर सम्हाल्नु पर्छ - सामाजिक अभियान्ता शुर्य के. सी.
बर्दिया टुडे
पौष २१, २०७७ मंगलवार
१०:०१:०७ मा प्रकाशित
5.1K
SHARES
5.1K
SHARES
(सामाजिक अभियान्ता, सफल व्यावसायी, युवाहरू माझ लोकप्रिय व्यक्तित्व विकास प्रेमी युवा समुहका संस्थापक तथा प्रशिक्षण विभाग प्रमुख शुर्य के. सी. कम्प्युटर एसोसियन बर्दियाका उपाध्यक्ष समेत हुनुहुन्छ । के. सी. एम्बुलेन्स सहयोग क्यान्सर तथा मृगौला पीडित लाई सहयोग मन्दिर जिणोद्दार जस्ता अभियानका समेत संचालक हुनुहुन्छ । प्रस्तुत छ डाइनामिक लिडर शुर्य केसी संग गेरुवा कर्णाली पाेष्टले गरेकाे कुराकानीकाे सारसंक्षेप )
स्वागत छ अनि सन्चै हुनुहुन्छ नि ? तपाई लोकप्रिय बन्न केहि न केही गरि राख्नु हुन्छ होइन र ?
हजुर धन्यवाद म आरमै छु । अलि प्रश्न मिलेन कि मैले लोकप्रिय बन्नका लागि केही गरे जस्तो लाग्दैन बरु केहि न केही गरि राख्ने भएकाे हुँदा सबै को पृय बनेको छु जस्तो लाग्छ ।
सामाजिक अभियान्ता भनेर चिनिएको मान्छे एक्कासी बिमा क्षेत्र मा होमिनु भयाे नि किन ?
हजुर एकदमै म सामाजिक उत्तर दाइत्व बहन अनि मनन गर्ने ब्यक्ती त्यसैले सामजिक कार्यकै रुपमा ब्यक्ति र परिवार लाई सुरक्षीत बनाउने सामाजिक कार्यमा लागेको छु । बिमा ले ब्यक्ति को भबिस्य सुरक्षित त पार्छ नै भवितव्यमा अनेकौं सुबिधा पनि दिन्छ । कति सहयोग संकलन गर्ने कसै लाइ पनि सहयोग गर्नु पर्ने अवस्था न आवोस भन्न का लागि उस्को क्षमता अनुसारको बिमा गराइदिने अभियान मा लागेको छु । र यो बिमा बाट मात्रै सम्भव छ ।
बिमा बाट मनग्ये लाभ पनि हुन्छ हो ?
हो गर्ने गराउने दुबै पक्ष लाई मनग्ये फाइदा छ तर मैले आफ्नो फाइदा सम्बन्धित ब्यक्ति लाई फिर्ता दिने गर्दछु अथवा सामाजिक काममा नै खर्चिने गर्दछु त्यस मानेमा पनि यो निस्वार्थ सामाजिक कार्य हो जस्तो लाग्छ मलाई ।
बिमा त अनुपादक क्षेत्र को लगानी हो । सधारण जनता को पैसा कुनै ब्यापारीका हातमा जान्छ भनिन्छ नि ?
बिल्कुल गलत कुरो हो ? साधारण जनताको पैसा कुनै ब्यापारीको हातमा जाने र उस्ले आफू खुसी प्रयोग गर्ने भन्ने हुदैन । विमा कम्पनीले विमा बाट सन्कलित सम्पूर्ण रकम को अनिवार्यरूपमा नेपाल राष्ट्र बैंक र बाणिज्य बैंकहरु क र ख वर्गमा लगानी ७५% भन्दा बढी गर्नु पर्ने हुन्छ । बीमा कम्पनीहरूले आफूले स्वेच्छिक लगानी कुल लगानीको १५% मात्र गर्न पाउँछन्, जहाँ मुद्दती निक्षेप, पब्लिक सेयर, बीमितलाई ऋण, कर्मचारी तलब भत्ता, अभिकर्ता कमिसन, ऋण आदि पर्दछन् बाणिज्य बैंक बाट रिण प्रबाह हुने पैसा भनेकै बिमा बाट संकलित रकम हो यस अवस्था मा कसरी अनुत्पादक क्षेत्रको लगानी भन्न पाइयो हैन र ?
नेपालमा थुप्रै बिमा कम्पनीहरु छन उसाे भए कुन बिमा कम्पनी राम्रो त ?
नेपालमा १९ जीवन बिमा , २० निर्जिनवन विमा , १ पुनर्जीवन बिमा कम्पनी रहेका छन सबै बिमा कम्पनी सुरक्षित र राम्रो विमा कम्पनी हुन । जीवन बिमा कम्पनीका लागि अधिकृत पुजि २ अर्ब बेसि हुनु पर्ने प्राबधान र बिमा कम्पनी ले आफू खुसी रकम चलाउन नपाउने, बिमा समितिका अधीनमा रहि काम गर्नु पर्ने हुदा पनि सबै बिमा कम्पनी लाई सुरक्षीत अनि राम्रो मान्न सक्दछौ ।
बिमा क्षेत्रमा MDRT मान्यता प्राप्त गरि National record बनाउनु भएकाेमा तपाई लाई बधाइ पनि छ । तर के हाे MDRT स्पष्ट पारी दिनाेस न ?
हजुर हो धन्यवाद हजुर लाई । MDRT अभिकर्ताहरुको अन्तरास्ट्रिय संस्था हो । एक अङ्ग्रेजी बर्ष भित्र दिइएको निश्चिति टारगेट पूरा गर्न सकेमा अर्को बर्ष का लागि MDRT को सद्स्यता प्राप्त हुन्छ । मैले 2020 मै 2021 का लागि MDRT सदस्यता पाई सकेको छु । साथै 2022 का लागि 2021 को जनवरी 1 को Official 1 hour मै पोलिसी issue गराइ यो खिताब हात पारेको छु । अब मेरो record ब्रेक गर्न पुर्ब तयारी का साथ 1 बर्ष कुर्नु पर्ने हुन्छ ।
उसाेभए बिमा किन गर्ने त ? र कस्ले गर्ने र कति गर्ने ?
सुरक्षीत जीवन यापनका लागि अनिवार्य बिमा गर्नु पर्छ । जीवन बिमाले मात्रै तपाइको भबिस्य सुनिस्चित गर्न सक्छ । भवितव्यमा जीवन बिमाले मात्रै साथ दिन सक्छ । ठुला जटिल प्रकार का रोग को उपचार, परिवार का जिम्मेवार ब्यक्ति को दुर्घटना, अक्समात मृत्यु तथा बुढेसकालमा जीवन यापनका लागि प्रयाप्त धन संचित गर्न नसक्दा धेरै को बिजोग देखिन्छ । अथवा आश्रीत परिवारले धेरै कष्टकर जीवन यापन गरेको देखिन्छ कम्तीमा घरको जिम्मेवार ब्यक्तिको बिमा मात्रै छ भने उस्को सम्पुर्ण परिवार सुरक्षित रहन्छ। त्यसैले घरको जिम्मेवार ब्यक्तिले आफ्नो परिवारलाई सुरक्षीत राख्नका लागि अनिवार्य बिमा गर्नु पर्छ । अझै कसैले बैंक बाट ठुलो ऋण लिएको छ तर त्यस बराबर बिमा गरेको छैन भने त्यस परिवारका लागि उ अपराधी नै हो । र कति बिमा गर्ने भन्ने सवालमा भोलि आफ्नो र परिवार को भबिस्य सुनिस्चित हुन सक्ने गरि आफ्नो नियमित आय श्रोत लाई ध्यानमा राख्दै सरल तरिका ले किस्ता तिर्न सक्ने गरि बिमा गर्नु पर्दछ ।
तपाई केही न केही बिधामा चर्चामा आइरहनु हुन्छ । राज के हो ?
हा... हा.... हा.... हसाउनु भयो राज केही पनि छैन म आफ्ना कुनै पनि काममा हित्त चित्त भएर लाग्छु । निश्चित उपलब्धि प्राप्त नहुदा सम्म काटिबद्ध हुने गर्छु । त्सैयले सफल हुने गर्छु । त्यती मात्रै हो । अनुसासन लगनशील र एकाग्रता भएमा सबै काममा सफल हुन सकिन्छ भन्ने मेरो मान्यता हो ।
राजनितीमा आउँदै हुनुहुन्छ भन्ने हल्ला छ । कहिले सम्म हाे ?
बडो राम्रो प्रश्न गर्नु भयो राजनितीको मर्म बुझेका मानिस राजनितीमा नभएको महसुस मलाइ पनि भएको छ । राजनीति विशुद्ध सामाजिक कार्य हो तर यो कुरो अहिले का राजनैतिककर्मीहरुले बुझेका छैनन् जस्तो लाग्छ मलाइ । त्यसैले सामाजिक भावना बोक्न सक्ने युवा पुस्ताले नै राजनितीतीको वागडाेर सम्हाल्नु पर्छ भन्ने मेरो मान्यता हो म पनि समय को पर्खाइमा छु ।
अन्तमा केही भन्न चाहनु हुन्छ?
तपाईं सहितगेरुवा कर्णाली पाेष्टलाई बिशेष धन्यवाद मेरा कुरा राख्ने मौका दिनु भएको मा । आफू रआफ्ना को भबिस्य सुनिश्चित गर्दै आफ्नो छिमेक गाउँ समाज र समग्र देशकालागि केही उदाहरण बन्न सवैलाई आग्रह गर्दछु धन्यवाद। नमस्कार